काठमाण्डौ । खराब संस्थाहरुलाई मर्ज गरी लोभलाग्दो प्रगति हासिल गर्दै आएको प्रभू बैंकले आर्थिक वर्ष २०७२/७३ मा अर्बमाथि नाफा गरी आफूलाई अर्ब कमाउने बैंकको सूचिमा पुनः दर्ज गराएको छ । 

प्रभू बैंकले आर्थिक वर्ष २०७१/७२ को तुलनामा १२.७२ प्रतिशतले नाफा बढाउँदै १ अर्ब १४ करोड ७८ लाख खूद नाफा आर्जन गरेको हो । आब २०७१/७२ मा प्रभूको नाफा १ अर्ब १ करोड ८२ लाख थियो । 

बैंकको ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष २ अर्ब ४२ करोडमा सीमित ब्याज आम्दानी ३ अर्ब ५९ करोड पुगेको छ । 

खूद ब्याज आम्दानी आब ०७१/७२ मा १ अर्ब २२ करोड रहेकोमा आ.ब. २०७२/७३ मा बढेर १ अर्ब ९६ करोड पुगेको छ । 
 

बैंकले संचालन नाफातर्फ पनि राम्रो प्रगति गरेको छ । ५२ करोड २६ लाख संचालन नाफालाई यो बैंकले बढाएर ८७ करोड ६२ लाख पुर्याएको हो । 

बैंकले निक्षेप ४४ दशमलव ६० प्रतिशतले वृद्धि गरी ६० अर्ब ९४ करोड पुर्याएको छ । 

बैंकले अघिल्लो वर्षको ५४ अर्ब ५४ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष बढाएर ६० अर्ब ९४ करोड पुर््याएको छ । यसैगरी, अघिल्लो वर्ष ४४ अर्ब ३५ करोडमा सीमित रहेको कर्जा प्रवाहलाई यो वर्ष ४८ अर्ब २१ करोड पुर्याइएको छ । 
बैंकको प्रोभिजनमा २७ करोड रुपैयाँ नोगेटिभमा रहेको छ भने १ अर्ब ५ करोड रुपैयाँ खराबकर्जा उठाउन बैंक सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी १९ दशमलव ५१ रुपैयाँ रहेको छ । बित्तीय स्वास्थ्य खराब भएका संस्थालाई मर्जमा ल्याएका कारण निस्क्रिय कर्जा १.०५ प्रतिशतले बढेर ८ दशमलव ३८ प्रतिशतमा पुगेको छ ।