काठमाण्डौ । प्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वरस्थित नेपाल आँखा अस्पतालका बीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
भदौ १३ गते सम्पन्न आँखा शिविर सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल आँखा अस्पतालको तर्फबाट प्रमुखकार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहका बीच हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकको आर्थिक सहयोगमा नेपाल आँखा अस्पतालसँगको सहकार्यमा भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवा पुग्न नसकेको ठाउँका आर्थिक रुपले निम्न स्तरका आँखाका बिरामीहरुलाई लक्षित गरी आँखा शिविर सञ्चालन गरिनेछ । आँखा शिविर भौगोलिकता तथा मौसम अनुकुलतालाई मध्यनजर गर्दै आगामी २०७५ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ ।
शिविरमा सहभागिता जनाई सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखा जाँच गराउनुका साथै आँखाका जटिल बिरामीहरुले पनि सफल उपचार गराउन सक्नेछन् ।
पहिलो चरणमा काठमाण्डौ, ललितपुर, काभ्रे र धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालन गरिने आँखा शिविरमा लगभग १,००० जना आँखाका बिरामीहरुको सफल उपचार गरिने लक्ष्य रहेको छ ।
बैंकको आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्न लागिरहेको आँखा शिविरबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण एवं भौगोलिक विकटता तथा विपन्न आयस्तरका कारण लामो समय देखि उपचार नपाइरहेकाहरुले समेत अति संवेदनशील आँखा रोगको सफल उपचार गराई लाभान्वित हुनसक्ने बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19