काठमाण्डौ । प्रभु मनि ट्रान्सफर र युएई एक्सचेञ्जबीच रेमिटेन्स पठाउने बारेमा सम्झौंता भएको छ।

यो सम्झौतापछि युएई एक्सचेञ्जअन्तर्गत रहेको फ्लयास रेमिटेन्स कम्पनीको कुनै पनि शाखाबाट रकम पठाउन सहज हुनेछ । कम्पनीका अनुसार फ्लयासबाट पठाएको रकम प्रभुका सात हजारभन्दा धेरै एजेन्टबाट भूक्तानी लिन सकिनेछ।

कम्पनीले नेपालमा पठाएको पैसामा कुनै पनि सर्भिस चार्ज नकाटिने र पूरै पैसा पाउने बताएको छ। 

राष्ट्र बैंकको स्वीकृत प्राप्त रेमिटेन्स कार्डमार्फत पैसा पठाउन सकिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

कम्पनीका अनुसार रेमिटेन्स कार्डमार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम र चाँडैनै एससिटीको ८ सय भन्दा बढी एटीएमबाट रकम निकाल्न सकिनेछ।