काठमाण्डौ । प्रभु मनि ट्रान्सफर प्रालि र  आरम्भ माइक्रो फाइनान्स बित्तिय संस्थाबीच रेमिटान्स सम्झौता भएको छ । 

काभ्रेको बनेपास्थित माइक्रो फाईनान्सको कार्यालयमा आयोजित कार्याक्रममा प्रभु मनि ट्रान्सफर प्रालिका तर्फबाट कम्पनिका नायब माहाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रो फाईनान्स बित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरे । 

केन्द्रीय कार्यालय मेलम्ची ८, बहुनपाटि, सिन्धुपाल्चोकमा रहेको माइक्रो फाईनान्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलाञ्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गरिने माइक्रो फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले जानकारी दिए ।