prabhu bank
काठमाण्डौ । प्रभू बैंकले ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित बैंकको सन्दकपुर शाखा कार्यालय सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले र धनुषा जिल्ला मुखियापट्टी मुसहरिमिया गाउँपालिका वडा नं. ३ स्थित मुखियापट्टी मुसहरमिया शाखा कार्यालय मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी दुवै गाउँपालिकाका अध्यक्षज्यूहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले स्थानीय तहका गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो नजिकैबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago