काठमाण्डौ । दशैंतिहारको अवसरमा प्रभू मनि ट्रान्सफरले संचालन गरेको विशेष उपहार योजना अन्तर्गत सातौं हप्तासम्मका विजेताहरुको सूचि सार्वजनिक गरिएको छ । 

यो उपहार योजनाअन्तर्गत हालसम्म ५२ जना भाग्यशाली ग्राहकहरुको नाम सार्वजनिक भइसकेको छ । यो योजना अनुसार हालसम्म ३  सय ६४  जनाले विशेष उपहार  पाएका प्रभू मनि ट्रान्सफरद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ । 

‘प्रभू लक्की सेभेन’ योजनाको बम्पर पुरस्कारमा दुई थान मोटरसाइकल राखिएको छ । बम्पर पुरस्कारको छिनोफानो आगामी कात्तिक २३ गते  मंगलबार लक्की ड्रमार्फत गरिने बताइएको  छ । 

हालसम्म घोषित अन्य उपहारहरुमध्ये अधिकांश वितरण  गरिसकिएको र बाँकी रहेका केही उपहारहरु ग्राहकहरुलाई असुविधा भएको खण्डमा घरमै पुर्याउने व्यवस्था पनि मिलाइने प्रभू मनिले जनाएको छ । उपहार नलिने ग्राहकहरुले लैनचौरस्थित प्रभू मनि ट्रान्सफरको केन्द्रीय कार्यालयमा गएर समेत आफ्नो उपहार संकलन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

हालसम्म उपहार पाउने ग्राहकहरुको नामावली प्रभूले यसअघि आफ्नो वेबसाइट, फेसबुक पेज तथा  विभिन्न अनलाइन समाचार पोर्टलहरुमार्फत  सार्वजनिक गर्दै आइरहेको छ । 

कस–कसले जिते टिभी, मोवाइल र डिस होम ?
प्रभू लक्की सेभेन योजना अन्तर्गत ७ हप्ताका लागि टिभी, मोवाइल र डिस होम विजेताको नाम यसप्रकार छ(पहिलोदेखि  ७ औं हप्तासम्मको विजेताको नाम क्रमैसँग दिइएको छ ) :

टिभी विजेता : हनिफ मियाँ(तनहुँ), शालिकराम सुवेदी(चितवन), निशा थापा(चितवन), सीता चौधरी(चितवन), पभीदेवी न्यौपाने(बर्दिया), भूपेन्द्र तामांग(मोरङ), र कमली  कामी(चितवन) ।

मोवाइल विजेता : सुष्मा कार्की(सुनसरी), मनिषा उप्रेती(काठमाण्डौ), लक्ष्मी भण्डारी(मोरङ), निर्मलाकुमारी  सुनार(कैलाली), रिंकु यादव(रुपन्देही), शंकर अर्याल(काठमाण्डौ), जग्देव मोची(सिरहा) । 

डिसहोम विजेता : ज्यावुल मियाँ(काठमाण्डौ), लिला मगर(इलाम), माया चौधरी थारु(रुपन्देही), जिबछ  पासमान(महोत्तरी), तुलसा  श्रेष्ठ(तेह्रथुम), असिया खातुन(कपिलवस्तु) र ललित थापामगर(काठमाण्डौ) ।