काठमाण्डौ । प्रभु मनि ट्रान्सफरको दशैं योजनाको विजेता नवलपरासीका रामजित कहर बनेका छन् । 

ट्रान्सफरको “महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार” नामक योजनाअन्तर्गत विजेता कहरले हेलिकप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् ।

यो योजना अवधिभर कहरलाई कतारबाट नेपालमा राम कृपाल कहरले रकम पठाएका थिए ।

यो योजनामा विभिन्न ग्राहकहरुले लाभ उठाएका थिए । योजनामा विभिन्न देशभरबाट नेपालमा रकम पठाउने ग्राहकहरु संलग्न रहेका थिए ।