काठमाण्डौ । प्रभू बैंक लिमीटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले “प्रभु बैंक डिबेञ्चर २०८६” नामको एक अर्ब रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

यो क्रममा बैंकले डिवेञ्चर निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौतामा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले प्रभू बैंकको बबरमहलस्थित मुख्य कार्यालयमा हस्ताक्षर गरे ।

प्रभू बैंकले १० वर्षे अवधिको ऋणपत्र निश्कासन गर्न लागेको हो । 

ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइनेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।