काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ब्याज अनुदानमा दिइने सहुलियतपूर्ण कर्जा योजनालाई वृहत रुपमा अगाडि बढाउने गरी ७ वटा कर्जाका स्किम सार्वजनिक गरेको छ । 

नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी “सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रभू बैंकले सुरुवातदेखि नै लक्षित वर्ग र क्षेत्रलाई सहुलियत कर्जा उपलब्ध गराउँदै आएको भए पनि यो कार्यक्रमलाई वृहत बनाउने उद्देश्यले छुट्टा छुट्टै लोनको प्रडक्ट नै तयार गरी एकसाथ लञ्च गरेको हो । 

सहुलियत कर्जा पाइने विभिन्न ६ वर्ग र क्षेत्रका लागि प्रभूले ७ वटा कर्जाको स्किम तयार गरी त्यसको विशेषता, ऋण पाइने सीमा र अन्य शर्तहरु समेत एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि गत भदौ २१ गतेको क्याबिनेटबाट स्वीकृत भएको थियो । राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जा सबै बैंकका सबै शाखाबाट सहज तरिकाले पाउने व्यवस्था गर्न कडा निर्देशन केही दिनअघि जारी गरेको थियो । 

यो कार्यविधि अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पपीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जाहरुमा सरकारले ब्याज अनुदान दिनेछ । 

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ । तर, व्यवसायको प्रकृति अनुसार कर्जाको अवधि बैंक तथा बित्तीय संस्थाले तोक्न पाउने छुट समेत छ ।

यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाको सीमा प्रति ऋणि ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।

अब हेरौं प्रभू बैंकले लञ्च गरेको सहुलियत कर्जाका ७ स्किम र तिनका विशेषता:

१.व्यवसायिक कृषि तथा पशुपन्छीको विकासका लागि “श्रमशील कर्जा”
अधिकतम कर्जा सीमा: रु ५ करोड
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु 

  • रु. १० लाख भन्दा बढीको लागि व्यवसायिक परियोजनाको सम्भाव्यता मुख्य आधार हुने ।
  • रु. १० लाख भन्दा बढीको कर्जाको लागि अनिवार्य रुपमा संस्था र रु. १ करोड भन्दा बढीको कर्जाका लागि अनिवार्य कम्पनी हुनुपर्ने।
  • यस कर्जाका लागि योग्य उद्यम, ब्यापार र व्यवसायहरु अनुसूची (क) बमोजिम हुनु पर्ने ।

२. शिक्षित युवा स्वरोजगारको लागि “उज्वल कर्जा” 
अधिकतम कर्जा सीमा: रु ७ लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु 

  • कम्तीमा स्नातक तह उत्तिर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनु पर्ने ।
  • विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा निज अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनु पर्ने ।
  • घरेलु तथा साना उद्योग कार्यालय/समिति, सीप विकास तालिम केन्द«, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायतका सरकारी निकायहरुबाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रुपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गर्नु पर्ने ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने ।
  • यस कर्जाका लागि योग्य उद्यम, ब्यापार र व्यवसायहरु अनुसूची (क) बमोजिम हुनु पर्ने ।

३. विदेशबाट फर्केका युवाहरुको लागि “हातेमालो कर्जा” 
अधिकतम कर्जा सीमा: रु १० लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु

  • श्रम स्वीकृति प्राप्त गरी/नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम /पेशा/व्यवसाय क्षेत्रमा काम गरी स्वदेश फर्केको, तर कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त (PR /Green Card Holder) नगरेको व्यक्ति हुनु पर्ने  ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी सक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने  ।
  • विदेशबाट फर्केको ३ वर्ष व्यतित नभएको हुनु पर्ने  ।
  • आफूुसंग रहेको ज्ञान तथा सीपसंग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने परियोजना हुनु पर्ने ।
  • यस कर्जाका लागि योग्य उद्यम, ब्यापार र व्यवसायहरु अनुसूची (क) बमोजिम हुनु पर्ने ।

४.महिला उद्ममशीलताको लागि “उजेली कर्जा” 
अधिकतम कर्जा सीमा: रु १५ लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु 

  • ऋणी आफैले सञ्चालन गरेको उद्मम हुनु पर्ने ।
  • १८ वर्ष उमेर पूरा भएको महिला वा समूहको हकमा फरक परिवारका कम्तीमा पाँच जना १८ वर्ष उमेर पूरा  भएका महिला हुनुपर्ने ।
  • उद्मम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने ।
  • यस कर्जाका लागि योग्य उद्यम, ब्यापार र व्यवसायहरु अनुसूची (क) बमोजिम हुनु पर्ने ।

५.दलित समुदाय व्यवसाय विकाशको लागि “कर्मवीर कर्जा” 
अधिकतम कर्जा सीमा: रु १० लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु 

  • दलित जात जाति भित्रको १८ वर्ष उमेर पुरा भएको वा समूहको हकमा उक्त जात जाति भित्रका फरक फरक परिवारका कम्तिमा ५ जना १८ वर्ष उमेर पूरा भएको हुनु पर्ने ।
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने ।
  • दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एंव प्रवद्र्वन गर्ने उद्यम व्यवसाय र सो कुरासँँग सम्बन्धित कागजात हुनु पर्ने ।
  • यस कर्जाका लागि योग्य उद्यम, ब्यापार र व्यवसायहरु अनुसूची (क) बमोजिम हुनु पर्ने ।

६.उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि “ज्ञान कर्जा” 
अधिकतम कर्जा सीमा: रु ५ लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु

  • आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विधार्थी भएको सिफारिश ।
  • शैक्षिक संस्था/प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि ।

७.भूकम्प पीडितहरुको निजी आवास निमार्णको लागि “साहसी कर्जा” 
अधिकतम कर्जा सीमा: रु ३ लाख
अधिकतम कर्जा अवधि: ५ वर्ष

मुख्य शर्त तथा बन्देजहरु 

  • भूकम्प पिडितको कागजात ।
  • राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग भएको सम्झौताको प्रतिलिपि । यो कर्जा भूकम्प पीडित व्यक्तिहरुलाई २०७६अषाढ मसान्त सम्म मात्र दिन पाईने । तत् पश्चात यो अवधि नेपाल राष्ट्र बैकले तोके अनुसार हुने छ । 
  • अन्य सीमा र शर्तहरु नेपाल राष्ट्र बैंकले समय समयमा तोकेअनुसार हुनेछन् ।
कसरी लिने कर्जा ?
कर्जा सुविधाको लागि निम्न माध्यमहरुद्धारा पनि कर्जा आवेदन दिन सकिनेछ । 
१. एस.एम. एस. (SMS) : ‘loan ’ and send SMS to 37777.
२। ईमेल (Email): mfloan@prabhubank.com 
 
सहुलियत कर्जाको विषयमा बाँकी कुरा बुझ्न केन्द्रीय बैंकको सर्कुलर पढ्नुहोस् :