काठमाण्डौ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधाको माध्यमबाट प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३,००,००० र दुर्घटना बिमा बापत रु १०,००,००० सम्मको जोखिम बैंकले बहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहात परिवारले बिमा दावी गरी लाभान्वित हुनसक्ने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago