काठमाण्डौ । प्रभू बैंकले साउन १३ गते सोमबार एकैदिन दुईवटा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ ।
बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडानम्बर ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय तथा कास्की जिल्लको अन्नपूर्ण गाउँपालिका वडानम्बर ७ स्थित वीरेठाँटीमा वीरेठाँठी शाखा कार्यालयबाट औपचारिक कारोबार थालेको हो ।
कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बिहान १० बजे र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले अपरान्ह १ बजे छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहकाबीच शाखा कार्यालयका समुद्घाटन गरेका हुन् ।
आजदेखि सञ्चालनमा आएका प्रभु बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुखअथितिले समुद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।
बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago