काठमाण्डौ । नेपालको अग्रणी तथा रकम पठाउने र प्राप्त गर्ने विश्वासिलो रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सीजी इलेक्ट्रिोनिक्सको सहकार्यमा विभिन्न सामानहरुमा आकर्षक छुटको अफर सार्वजनिक गरेको छ । 
यो अफर अन्तर्गत सीजीका विभिन्न ब्राण्डहरु जस्तै ः एलजी, सीजी, गोड्रेज, टिसिएलका सामान किन्दा ग्राहकले विशेष छुट पाउनेछन् । 
यो अफरबाट नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीको अपेक्षा छ ।
आफ्ना सन्तुष्ट ग्राहकहरुलाई पूर्ण सुविधा दिंदै आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै यो व्यवस्था ल्याएको हो । यसअन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सीजी इलेक्ट्रोनिक्सको कुनै पनि सोरुमहरु अर्थात सीजी डिजीटल तथा सीजी लाइफस्टाइल सपबाट टिभी, फ्रिज, वासिङ मेसिन तथा अन्य घरायसी सामाग्रीहरु खरीद गर्दा आकर्षक छुट पाउने छन् ।
कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र हो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19