काठमाण्डौ । प्रभू बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ६२ करोड ८४ लाख कमाउन सफल भएको छ ।
प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ५.०१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५९ करोड ८४ लाख कमाउन सफल भएको थियो ।
बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ८९ करोड ९ नौ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ८१ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।
बैंकले समीक्षा अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको थियो ।
प्रथम त्रैमासमा बैंकले रिजर्भको आकार १२.४१ प्रतिशतले बढाएको छ । रिजर्भको आकार समीक्षा अवधिमा ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ३ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago