काठमाण्डौ । प्रभू बैंक लिमीटेडको सहवित्तीयकरण नेतृत्वमा(कन्सोर्टियम लिड)मा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलबिद्युत आयोजनाको वित्तीय व्यबस्थापन(फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लिमीटेडको नेतृत्वमा कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमीटेडले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्वारा प्रवद्र्धित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी सञ्चयकोषले रु.८५ करोड र कृषि विकास बैंकले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजीमार्फत जुटाउनेछ ।
ऋण सम्झौतामा सहवित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे, कर्मचारी सञ्चयकोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखाप्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंककातर्फबाट कर्जा लगानी शाखाप्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।
धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधीन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट प्रतिआवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ ।
विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै बिद्युत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्यबमोजिम बैंकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी बिद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago