काठमाण्डौ । मुस्लिम समुदायको पवित्र धार्मिकस्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि प्रस्थान गर्ने १,२५० जना नेपाली हजयात्रीहरुलाई प्रभु बैंक लिमिटेडले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । 

सो सटही सुविधा साउन २५ गतेदेखि १० दिनसम्म काठमाण्डौको घण्टाघरस्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

प्रभु बैंकले उपलब्ध गराएको डलर/साउदी रियल सटही सुविधा लगायत बैंकद्वारा उपलब्ध गराईएका  अन्य सेवा समेत उपभोग गरी हजयात्रीहरुले अधिकतम लाभ लिनसक्ने बैंकको विश्वास छ ।