काठमाण्डौ । प्रभू इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि कुनै उपयुक्त संस्थासँग मर्जरमा जाने वा हकप्रद निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
असार २८ गते बुधबार काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रभू कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले पूँजी वृद्धिका लागि मर्जर र हकप्रद सेयर जारीको दुईवटा विकल्पमाथि छलफल गर्दै सर्वसम्मतिले पारित गरेको हो ।
चुक्तापूँजी वृद्धिका लागि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नसक्ने वा आवश्यकताअनुसार हकप्रद सेयर जारी गर्नसक्ने निर्णय भएको हो ।
सम्भावित मर्जर वा एक्वीजिसनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति तथा दायीत्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्ति तथा सो सम्बन्धी अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत साधारणसभाले गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19