काठमाण्डौ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ । यही सीमालाई भेट्न कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो । 

प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निश्कासन हुनेछ ।