काठमाण्डौ । प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सबीच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई टर्किस एयरलाइन्स मार्फत् हवाइ यात्रा गर्दा लाग्ने टिकट मूल्यमा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौतापछि प्रभु बैंक लिमिटेडका क्रेडिट कार्ड होल्डर्स, वेल्थ कस्टमर्स, प्रिभिलेज कस्टमर्सले टर्किस एयरलाइन्सबाट विश्वको जुनसुकै मुलुकमा हवाई यात्रा गर्दा एयर टिकेटमा विशेष सहुलियत प्राप्त गर्नुका साथै थप लगेजको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । 

यो सुुविधा प्राप्त गर्न टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नका लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभु बैंक लिमीबाट जारी गरिएका क्रेडिट कार्ड, वेल्थ कार्ड र प्रिभिलेज कार्डमध्ये कुनै पनि एक कार्ड पेश गर्नुपर्नेछ । 

यस सम्झौताबाट बैंकका लक्षित ग्राहकहरु लाभान्वित हुने प्रभूू बैंकले एक विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ।