काठमाण्डौ । साउदी अरबको तुलनामा कम मूल्यमा कच्चा तेल भारतले रुस र इराकबाट खरिद गरिरहेको छ ।
अगस्तको तुलनामा सेप्टेम्बर महिनामा साउदी अरबको तुलनामा ती देशबाट भारतले सस्तो मूल्यमा तेल खरिद गरेको छ । अहिले भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो ।
भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार गत अगस्त महीनामा भारतमा रुसबाट आउने तेल साता महीनाकै तल्लोस्तमा झरेर १०.५५ लाख ब्यारेल प्रतिदिन पुगेको थियो ।
जबकि सेप्टेम्बर महिनामा भारतले १८.३ प्रतिशत बढोत्तरीका साथ भारतले रुसबाट दैनिक १८.३ लाख ब्यारेल तेल खरिद गरेको थियो ।तर इराकबाट आउने कच्चा तेल अगस्तको तुलनामा सेप्टेम्बर महिनामा दैनिक ७.४ प्रतिशत अर्थात् ९ लाख प्रतिब्यारेल थियो ।
भारतले सेप्टेम्बर महिनामा कुल तेल आयातको ४३ प्रतिशत रुस र २२ प्रतिशत इराकबाट खरिद गरेको थियो । जबकि अगस्तमा भारतले रुसबाट ३५.४ र इराकबाट १९.४ प्रतिशत कच्चा तेल खरिद गरेको थियो ।
युक्रेनी युद्ध शुरु हुनुअघि भारतको कुल कच्चा तेल आयातमा रुसी तेलको अनुपात २ प्रतिशतभन्दा कम थियो । तर, पछिल्लो समय आयातित तेलमा रुसी तेलको हिस्सा बढेर ४४ प्रतिशतसम्म पुगेको थियो ।
हुन त हालैका दिनमा साउदी अरबबाट पनि कच्चा तेलको आयातमा गिरावट आएको छ । बीबीसीका अनुसार अगस्त महिनामा भारतका लागि कच्चा तेलको हिस्सेदारी साउदी अरबको हिस्सेदारी १९ प्रतिशत थियो तर सेप्टेम्बर महिनामा घटेर १३ प्रतिशतमा आइपुगेको छ ।
सेप्टेम्बर महिनामा भारतले साउदी अरबबाट करिब प्रतिदिन ५ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो । भारतले सन् २०२२ देखि सन् २०२३को अगस्तसम्ममा साउदी अरबबाट ७ लाख ५० हजार ब्यारेल कच्चा तेल आयात गरेको छ । मौजुदा समयमा भारतलाई कच्चा तेल आपूर्ति गर्ने देशमा साउदी अरब तेस्रो ठूलो देश बन्न पुगेको छ ।
भारतलाई कच्चा तेल दिने प्रथम श्रेणाीमा रुस र दोस्रोमा इराक रहेको छ । परम्परागत रुपमा कच्चा तेल खरिद गर्ने मामलामा भारतको लागि इराकपछि साउदी अरब दोस्रो नम्वर हुने गर्दथ्यो । युक्रेन युद्ध शुरु भए लगत्तै रुसले सस्तो मूल्यमा कच्चा तेल विक्री गरिरहेको छ ।
युद्ध पहिला भारतले कमैमात्रामा रुसबाट तेल आपूर्ति गर्ने गर्दथ्यो । क्रुड विशेषज्ञ विक्टर कटोनाका अनुसार सस्तो मूल्यका कारण भारतले युद्ध शुरु भएयता रुसबाट तेल खरिद गरिरहेको छ ।
किनकि साउदी अरब र रुसको तुलनामा मध्यपूर्वका मुलुकहरुभन्दा प्रतिब्यारेल दुई डलर सस्तो पर्न जान्छ ।रुसले गएको वर्षको शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै भारतले भारी मात्रामा रुसी कच्चा तेल किनिरहेको छ । युद्धपछि तेलको भाउमा पनि तीव्र उतारचढाव आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago