काठमाण्डौ । नेपाल राष्ट्र बैंकलले विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ। 

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख छ। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड÷भेन्चर क्यापिटल फन्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने नीतिमा उल्लेख छ।