Rajendra das shrestha
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् ।
जेठ २६ गते सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट संचालकमा निर्वाचित श्रेष्ठलाई जेठ २७ गते बसेको नवनिर्वाचित संचालक समितिको बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो ।
साधारणसभाले उनीसहित संस्थापक समूहबाट नरेन्द्र बज्राचार्य र उदयमोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल संचालकमा चयन भएका थिए ।
यसअघिका संचालक समिति अध्यक्ष उदयमोहन श्रेष्ठ भने संचालक मात्र रहनेछन् ।
यो बैंकले ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि साना कम्पनीहरुसँग धमाधम गाभ्ने गाभिने सम्बन्धमा सम्झौता गरिरहेको छ।
मर्जर र एक्वीजिसनपछि २० अर्ब भन्दा बढी चुक्तापूँजी भएको बैंक बन्ने अभियान सुरु भएको जटिल अवस्थामा कमाण्ड सम्हाल्ने गरी राजेन्द्रदास अध्यक्षको रुपमा उदाएका हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago