काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र करसहित ४.९५ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक कामकारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।