काठमाण्डौ । सेयर बजारको प्रिओपन सेसनमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन्। 

बजार सुरु हुनुभन्दा अगाडि हुने कारोबारमा आधारित प्रिओपन सेसनमा फरवार्डको सेयरमूल्य सबैभन्दा बढी २ प्रतिशतले घटेको हो।

प्रतिसेयर ५३.७० रुपैयाँले मूल्य घटेर २६३६ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

फरवार्ड माइक्रोफाइनान्सले आज सार्वजनिक गरेको पहिलो त्रैमासिक अवधिको खराब वित्तीय विवरणको नकारात्मक प्रभाव सेयर बजारमा परेको हो । 

फरवार्डले नाफा ह्वात्तै घटेको, सञ्चालन नाफा घाटामा परिणत भएको निराशाजनक रिपोर्ट सार्वजनिक गरेको छ । यसले आजको कारोबार अवधिको कम्पनीको मूल्यमा समेत राम्रै प्रभाव पार्ने आँकलन गर्न सकिन्छ ।