काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा पुगेको छ । नेप्से इन्डेक्स बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ । 
आज ३१३ वटा कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको कारोबार भएको छ । 
नेप्सेमा रहेका १३ वटै उपसमूहहरु बृद्धि भएका छन् ।

बीमा समूहका दुईवटै उपसमूहमा हरियाली छाएको छ । जीवन बीमा उपसमूह ३.१२ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.०६ प्रतिशतले बृद्धि भएको छ । 
बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ९.७६ प्रतिशतले बृद्धि भई ५९६ रुपैयाँ पुगेको छ । 

 

त्यस्तै, सिटिजन लाइफको ७.७२ प्रतिशत, रिलायबल नेपाल लाइफको ६.३१ प्रतिशत, सानिमा जीआईसीको ५.४८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.३४ प्रतिशतले बृद्धि भएको छ ।
 

यसैगरी,आइएमई लाइफको ४.०७ प्रतिशत, हिमालयन लाइफको ३.७९ प्रतिशत, नेशनल लाइफको ३.४६ प्रतिशत, नेपाल लाइफको २.९९ प्रतिशत र युनाइटेड अजोडको २.७९ प्रतिशतले बृद्धि भएको छ ।
 

यसका साथै नेपाल इन्स्योरेन्सको २.७० प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.५२ प्रतिशत, हिमालयन एभरेष्टको २.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.११ प्रतिशत, शिखर इन्स्योरेन्सको १.८२ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको १.५२ प्रतिशत, सलिकोको १.२३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३४ प्रतिशत र एलआइसी नेपालको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ । आज बीमा समूहका उपसूचकहरु चम्किएपनि दुई बीमा कम्पनीको सेयरभाउ घटेको छ ।

सर्वाधिक घट्नेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.१६ प्रतिशतले घटेर ५७३ रुपैयाँमा कायम भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ०.४६ प्रतिशतले घटेर ८७४ रुपैयाँ कायम भएको छ । 
सेयरभाउ बढेसँगै आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन जीवन बीमा कम्पनी परेका छन् । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । 

 

सर्वाधिक रिलायबल नेपाल लाइफको १२ करोड २१ लाख, सन नेपाल लाइफको ११ करोड ७० लाख र सिटिजन लाइफको १० करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।