काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. २ को बुँदा ३८ मा यो व्यवस्था थप गरेको हो। थव गरिएको व्यवस्थामा फलफूल एवं जडीबुटी उत्पादनका लागि वा पूर्णतया स्वदेशमा उत्पादित फलफूल तथा जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ।
यो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने र भएका कर्जामा पनि लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19