काठमाण्डौ। कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादक कम्पनी फाइजरको आम्दानी यो वर्ष दोब्बरले बढ्ने अनुमान गरिएको छ।
यो कम्पनीले कोभिडविरुद्ध खोपलगायय खाने चक्की उत्पादन गर्छ। यो कम्पनी अमेरिकालगायत संसारका ४० वटा देशमा उत्पादन तथा वितरण अनुमति पाएको छ।
यो वर्षको अन्त्यसम्म कम्पनीले ८९ बिलियन देखि १०२ बिलियन डलरसम्म आम्दानी गर्ने अनुमान गरिएको छ। जुन वर्षको तुलनामा ५० विलियन डलर बढी हुनेछ।
आम्दानी दोब्बरले वृद्धि हुने अनुमान बाहिरिएसँगै फाइजर कम्पनीको सेयरमूल्यमा पनि उछाल आएको छ। कम्पनीको सेयरमूल्यमा ४७.५ प्रतिशतले बढोत्तरी आएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19