right share
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले आगामी फागुन २ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।
बैंकले १०० रुपैयाँ अंकित दरका कुल ६८ लाख २६ हजार १ सय १७ कित्ता हकप्रद आफ्ना सेयरधनीलाई बिक्री गर्न लागेको हो ।
हकप्रदका लागि इच्छुक सेयरधनीले चैत ६ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सक्नेछन् ।
बैंकले हकप्रद प्रयोजनका लागि माघ २० गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ माघ १९ गतेसम्म यो बैंकको सेयर खरीद गर्नेहरु हकप्रदका लागि आवेदन दिन योग्य हुनेछन् ।
धितोपत्र बोर्डले यो बैंकलाई गत पुस ४ गते १० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको थियो ।
बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । सेयरधनीले लक्ष्मी क्यापिटलको मुख्य कार्यालय, सिद्धार्थ बैंकका सबै शाखा, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखाहरुबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
हाल सिद्धार्थ बैंकको चुक्तापुँजी ६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७ अर्ब ५१ करोडको उचाईमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भइसकेपछि बैंकको चुक्तापुँजी बढेर ८ अर्ब ४५ करोडको उचाई नाघ्नेछ ।
बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७७ करोड २८ लाख खूद नाफा आर्जन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago