काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आगामी फागुन ३ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बिमा कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित मूल्यको कुल ३२ लाख ४० हजार ४३६.३२ कित्ता हकप्रद निश्कासनको तयारी भइरहेको जनाएको हो । 

यो कम्पनीको हकप्रदका लागि बुक क्लोजको मिति पुस १४ लाई तोकिएको छ । यो भन्दा ठीक अघिल्लो दिनसम्म नेकोको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद भर्न पाउनेछन् । 

नेकोको हकप्रद सेयर निश्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक सेयरधनीले नागपोखरीमा रहेको एनएमबी क्यापिटलको मुख्य कार्यालय, एनएमबी बैंक तथा यसका देशभरका शाखाहरुमा गएर हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५० लाख खूद नाफा आर्जन गरेको थियो । हाल यसको चुक्तापूँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी ६४ करोड ८० लाखको उचाईमा पुुग्नेछ । जनवरी २६ मा यो कम्पनीको प्रतिकित्ता सेयरको अन्तिम कारोबार दर ७ सय ५६ रुपैयाँ रहेको छ ।