काठमाण्डौ । बुधबार गरेको घोषणामा अमेरिकाको केन्द्रीय बैंक(फेड)ले ब्याजदरलाई स्थिर राखेको छ । 

कोरोना महामारीको सुरुवाती दिनहरु अर्थात  गत मार्च महिनाको १५ गतेदेखि कायम शून्य हाराहारीको ब्याजदरलाई नै फेडले निरन्तरता दिएको हो । 

ब्याजदरलाई न्यूनतम कायम गर्नुका साथै मौद्रिक नीति बनाउने फेडेरेल ओपन मार्केट कमिटीले महामारीको प्रतिक्रिया स्वरुप यसअघि सार्वजनिक भएका बोन्ड खरीद गर्ने र कर्जा प्रवाह र तरलताका योजनाहरुप्रतिको प्रतिबद्धतालाई कायम राख्ने जनाएको छ। 

फेडका अध्यक्ष जेरोमी पावेलले यो चुनौतिपूर्ण वातावरणमा अर्थतन्त्रलाई आड दिने वित्तीय उपकरणहरु पूर्ण रुपमा प्रयोग गर्न आफूहरु समर्पित रहेको बताएका छन् ।