काठमाण्डौ । बैंक अफ इङ्गल्याण्डले ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ । ब्याजदर ५.२५ प्रतिशत कायम गरिएको छ । 

मौद्रिक नीति समितिले ब्याजदर ५–४ आधारमा यथावत राख्ने घोषणा गरेको हो । 

एमपीसीका ९ सदस्यमध्ये ४ सदस्य २५ आधार बिन्दुले ब्याजदर बढाउने पक्षमा थिए । यसबाहेक बेलायत सरकारले पनि अर्थतन्त्रलाई टेवा दिन ऋणपत्र खरिद घटाउने निर्णय गरेको छ ।

यसअघि सेप्टेम्बर २० मा अमेरिकी फेडरल रिजर्भले पनि ब्याजदर स्थिर राख्ने निर्णय गरेको थियो। 

एफओएमसीको २ दिने बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । तर, दर अझै बढ्ने संकेत देखिएको छ । किनभने फेड अध्यक्षले आफूहरुको ध्यान मुद्रास्फिति नियन्त्रण र आर्थिक स्थिरता कायम गर्नमा रहेको बताएका छन् । 

यसअघि गत सेप्टेम्बर १४ मा युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर बढाउने घोषणा गरेको थियो । निक्षेप सुविधा दर २५ आधार बिन्दुले बढेर ४ प्रतिशत पुगेको छ, जुन यसअघि ३.७५ प्रतिशत थियो । पुनर्कर्जा दर पहिले ४.२५ प्रतिशत रहेकोमा ४.५० प्रतिशत पुर्याइयो ।

फेड अध्यक्षको बयान
अमेरिकी फेडका अध्यक्ष जेरोम पावेलले आफूहरुको ध्यान मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थिरतामा केन्द्रित रहेको बताए। अहिले मुद्रास्फीतिलाई २ प्रतिशतमा ल्याउन अझै समय लाग्नेछ । त्यसैले ‘प्रतिबन्धात्मक’ नीतिको आवश्यकता छ । तर, अमेरिकाको आर्थिक अवस्था बलियो छ । श्रम बजारमा पनि परिवर्तनको संकेत देखिएको छ । साथै, खपत बलियो हुन थालेको छ।