काठमाण्डौ । चीन सरकारको नीति तथा एलन मस्कका विभिन्न ट्विटले गर्दा ओराली लागेको बिटक्वाइनको मूल्य पुनः उकालो लाग्न थालेको छ।
विश्व बजारमा अब बिटक्वाइनको यात्रा कतिसम्म होला भनेर विभिन्न अड्कल बाजी चलिरहेको छ। प्राविधिक र आधारभूत पक्षबाट पनि अब यो मुद्राको यात्रा प्रक्षेपण गर्न सकिन्छ।
आधारभूत हिसाबमा एलन मस्कले पुनः यो मुद्रा टेस्ला कम्पनीले प्रयोगमा ल्याउने संकेत दिएसँगै लगानीकर्ता हौसिएका छन् ।
त्यस्तै एल साल्भाडोरले विश्वमा पहिलोपटक यो डिजिटल मुद्रालाई विप्रेषणका लागि अनुमति पनि दिएको छ। यो कारणले पनि लगानीकर्ताहरु बिटक्वाइनप्रति थप आकर्षित भएका छन्।
प्राविधिक पक्षका आधारमा यो मुद्राको मूल्यले ३११४४ डलरमा आउँदा ह्याम्मर स्टिक प्याट्रन बनाएको थियो । यसले मूल्यमा परिवर्तन आउन सक्ने संकेत गर्छ। यदि यस्तो प्याट्रन घट्दो बजारमा बन्छ भने मूल्य बढ्ने सम्भावना हुन्छ । बढ्दो बजारमा बनेमा यसलाई ह्यागिङ म्यानको संकेतले बुझिन्छ । जुन भनेको मूल्य घट्ने संकेत हो । घट्दो बजारमा यो प्याट्रन बनेकोले मूल्यमा परिवर्तन आएको छ ।
(चित्रमा हेर्नुहोस् हरियो एरो)
फिवोनासी एक्सटेन्सनअन्तर्गत अब बिटक्वाइनको मूल्य बढेमा ०.३८ प्रतिको वृद्धि ४३४८२ डलर र ०.६१ प्रतिशतको वृद्धि ५१६२८ डलरसम्म पुग्न सक्ने देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19