काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको शेयरमूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
गत शुक्रबार इन्ट्राडेको कारोबारमा सेयरमूल्य प्रतिकित्ता ०.७२ प्रतिशतले बढेर २१९.८८ डलर पुगेको हो । जुन अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन बिहीवार बजार बन्द हुँदा फेसबुकको सेयरमूल्य कीर्तिमानी उचाइमा पुगेको थियो । यसअघि सन् २०१८ को जुलाई २५ मा मात्रै फेसबुकको सेयरमूल्यमा उछाल आएको थियो । तर त्यसको एक दिनपछि जुलाई २६ मा भने फेसबुकको सेयरमूल्य १९ प्रतिशतले घटेको थियो । त्यति बेला कम्पनीले प्रयोगकर्ताको तथ्यांकको सुरक्षा नगरेको र झुट्टा समाचार प्रवाहमा तीव्र वृद्धि भएको थियो ।
बजारमा प्रयोगकर्ताको संख्यामा वृद्धि सुस्ताएको खबरले पनि फेसबुकको सेयर कारोबार प्रभावित भएको थियो । पछिल्लोपटक सेयरमा देखिएको उछालले आशा बढाएको छ ।
फेसबुकले आफ्नो लोकप्रियता पहिलाकै स्तरमा ल्याउन कोसिस गरिरहेको छ। यो वर्ष फेसबुकको आम्दानी २६ प्रतिशतले बढ्ने अपेक्षा पनि गरिएको छ।
ग्लासडोरको सूचीमा एक वर्षअघि सातौं स्थानमा रहेको फेसबुकको सन् २०२० को सूचीमा भने झरेर २३ औं स्थानमा समेटिएको छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19