काठमाण्डौ । चीनको सोसल मिडिया तथा भिडियो गेम कम्पनी टेनसेन्टले मंगलबार बजार मूल्यमा फेसबुकलाई पछाडि पारेको छ । ५३१ अर्ब डलर मार्केट भ्यालूूको साथ टेनसेन्ट विश्वकै टप पाँच कम्पनीमा सामेल हुन सफल भएको छ । 

कम्पनीको रिटर्न अनुमान गरिएभन्दा निकै राम्रो आएका कारण टेनसेन्टको सेयरको मूल्य यो वर्ष बढेर दुुईगुणा भएको छ । यो कम्पनीको सेयर हङकङको स्टक एक्सचेञ्जमा कारोबार हुन्छ । 

मंगलबार टेनसेन्टको बजार पूँजीकरण ५३१ अर्ब डलरको उचाईमा पुुगेको छ । जुन अमेरिकी सोसल नेटवर्क कम्पनी फेसबुकको ५१९ अर्ब डलरभन्दा बढी हो ।