युएइ । युएइका नेपालीले चलाएको सामाजिक सञ्जाल नेपाली इन युएइ फेशबुक ग्रुपको सक्रियतामा काठमाण्डौका सडकमा भेटिएका अनाथलाई सहयोग गरिएको छ ।
पेजको एड्मिन ग्रुपको आह्वानमा जाडोमा न्यानो अभियान चलाईएको थियो । सोही अभियान अन्तर्गत संकलित रकमबाट काठमाण्डौको जाडोमा कठ्याग्रिंएका बालबालिका, वृद्ध तथा अनाथलाई ५० थान ज्याकेट र २६ थान न्यानो टोपी हस्तान्तरण गरिएको अभियानका संयोजक महेश थापाले बिजशालालाई जानकारी दिए ।
ग्रुपले राजधानीका बिभिन्न स्थानः ठमेल, बसन्तपुर, रामघा, मखन, विष्णुमति, ज्याठा, भेदसिंह, वीर हस्पिटल आसपास लगायतका ठाउँका सडक बालबालिका तथा अनाथलाई भेटेर सहयोग गरेको थापाले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईका करिब आधालाख नेपालीको चौतारीको रुपमा हरेको यो फेसबुक ग्रुपले आयोजना गरेको सहयोग संकलनमा युएइका सहयोगी मनहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
ग्रुपले सहयोगी महानुभाबलाई धन्यबाद दिनुका साथै आगामी दिनमा समेत यस्ता कार्यक्रम लिएर आउने बताएको छ ।
युएइका नेपालीको अग्रसरतामा भएको सहयोग बितरण गर्न प्रदीप थापा, नबिन बञ्जारा, दिल निवास सेख, शैलेश भुजू, रमेश घिमिरे, बिएन सापकोटा, महेश बञ्जारा, दिल सुनार, सुवास सापकोटा लगायतले सहभागिता जनाएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago