काठमाण्डौ । फ्रान्सको ऐतिहासिक धरोहरका रुपमा रहेको आइफेल टावर पर्यटकका लागि पुनः खुला गरिएको छ।
कोरोना महामारीका कारण ३ महिना लामो लकडाउनपश्चात आइफेल टावर खुलेको हो । दोस्रो विश्व युद्धपश्चात यति लामो अवधिसम्म टावर बन्द भएको यो पहिलोपटक हो।
आगन्तुकका लागि आइफेल टावर खुला गरिए पनि पहिलेजस्तो सामान्य अवस्थामा सञ्चालन भने भएको छैन। टावर भ्रमण गर्नेको निश्चित संख्या तोकिएको छ र भ्रमण गर्ने ११ वर्षभन्दा माथिका सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ।
यसैगरी टावरको दोस्रो तलाभन्दा माथि जान निषेध गरिएको छ।
जुलाई १ गते सम्मका लागि लिफ्ट सेवा बन्द हुने भएकाले भ्रमण गर्नेले सिढीको प्रयोग गर्नुपर्ने छ।
फ्रान्सको अद्भुत धरोहरका रुपमा रहेको आइफेल टावरको निर्माण सन् १८८९ मा पूरा भएको थियो । यहाँ प्रत्येक वर्ष करिब ७० लाख पर्यटकले भ्रमण गर्ने गर्दछन्। यसमध्ये करिब एक तिहाइ विदेशी पर्यटक हुने गर्दछन्।
कोरोना महामारीका कारण यो टावर बन्द थियो। यसले पर्यटकीय गतिविधि र आम्दानीमा व्यापक गिरावट आएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago