काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ ।

बालबच्चाको उज्ववल भविष्य सुनिश्चित गर्न लाभदायी भएकोले यो बीमालेख बीमितहरुमा आकर्षित बन्दै गइरहेको कम्पनीले जनाएको छ ।गत वर्षको वैशाख महिनामा कम्पनीले नानीहरुको मुस्कान सुरक्षित गर्दै उनीहरुको भविष्यलाई आकार दिदैं भन्ने नारासहित रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको थियो ।

उक्त पोलिसी ल्याएको डेढ वर्षमा नै बीमितहरुमा यो योजना आकर्षित बनेको कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार अधिकांश अभिभावकले आफ्नो बच्चाको भविष्य सुनिश्चित गर्न यो बीमालेख खरिद गर्दै आइरहेका छन् । कम्पनीका अभिकर्ताहरुले समेत यो बीमालेख बीमितहरुको रोजाईमा पर्दै आएको बताएका छन् । 

रिलायबल बाल जीवन बीमा प्लस योजना नाफामा सहभागी हुने सावधिक जीवन बीमा हो । भर्खरै जन्मेको बच्चाको समेत जीवन बीमा गर्न सकिने यो योजनामा सावधिक जीवन बीमामा भएका सबै विशेषताहरु रहेका छन् ।  

यस योजनाले सुरक्षा र बचत दुबै कभर गर्ने भएकोले अधिकांश अभिभावकले आफ्नो सन्तानको भविष्य निर्माणका लागि यो बीमालेख खरिद गर्ने गरेका छन् । कम्पनीका अनुसार अभिभावकहरुले यो बीमा योजनालाई आफ्ना बालबालिकाको उच्च शिक्षा, स्वास्थ्य सेवा, विवाह र थपको लागि बचत गर्न प्रयोग गर्न सक्नेछन् । 
यस योजनामा बीमितको हकवाला अर्थात् प्रस्तावकका लागि ऐच्छिक सुविधाहरु समेत रहेका छन् । जस्तै, कुनै अभिभावकले आफ्नो सन्तानको लागि यो योजना खरिद गर्दा अनिवार्य रुपमा आफु प्रस्तावक बन्नुपर्नेछ । प्रस्तावकलाई यस योजनामा दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा, मासिक आय सुविधा लगायतका विभिन्न सुविधाहरु प्राप्त हुनेछ । 

यस योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाई भुक्तानी गरेको बीमाशुल्क (रकम)इच्छ्याइएको व्यक्ति तथा हकवालालाई दिइनेछ । बीमा अवधिभित्र जोखिम बहन सुरु भइसकेपछि बीमित (बच्चा)को मृत्यु भएमा बीमांक रकमको २५ प्रतिशतले हुने रकम बाँकी ७५ प्रतिशत बीमांक रकम र आर्जित बोनस बराबरको एकमुष्ठ रकम बीमा परिपक्वता भएपछि प्रस्तावक तथा हकवालालाई भुक्तानी हुनेछ । 

त्यस्तै, बीमालेख चालू रहि बीमा अवधि समाप्त हुँदासम्म बीमित जीवित रहेको अवस्थामा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमांक र बोनस बराबरको रकम बीमितलाई भुक्तानी दिइनेछ । 
यसका साथै यस योजनामा प्रस्तावकको लागि थप लिन सकिने ऐच्छिक सु्विधाहरु समेत रहेका छन् । बीमाशुल्क छुट सुविधा, मासिक आय सुविधा, दुर्घटना मृत्यु लाभ, स्थाई पूर्ण अशक्तता सुविधा र घातक रोग सुविधाहरु यस योजनामा सरिक हुनेछन् । 
बीमाशुल्क छूट सुबिधा
बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको मृत्यु भएमा वा स्थायी रुपमा पूर्णअशक्त भएमा बाँकी अवधी बीमाशुल्क तिर्न नपर्ने गरि बच्चाको उमेर २५ वर्ष पुग्दासम्म यो सुबिधा लिन सकिन्छ । बीमालेख चालू रहि बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।
मासिक आय सुबिधाः
बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको दुर्घटना अथवा प्राकृतिक कारणबाट मृत्यु भएमा बीमित बच्चाले उसको उमेर १६ वर्ष पुग्दासम्म बीमाङ्कको एक प्रतिशतले हुने रकम मासिक रुपमा आय सुबिधा पाउँदछ । बाँकी अवधी बीमाशुल्क तिर्नु पर्दैन साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।
दुर्घटना मृत्यु लाभ 
बीमा अवधिमा कथंकदाचित प्रस्तावकको दुर्घटनाका कारण मृत्यु भएमा यो सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ । दुर्घटना घटित भएको १८३ दिन भित्र मृत्यु भएमा मात्र यो सुबिधा प्राप्त हुनेछ । दुर्घटनाबाट प्रस्तावकको मृत्यु भएमा बीमाशुल्क छूट हुन्छ, बच्चाले मासिक आय सुबिधा पाउँदछ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।
स्थायीपूर्ण अशक्तता सुबिधा :
बीमा अवधिभित्र कथंकदाचित प्रस्तावक दुर्घटना अथवा बिरामीको कारण स्थाइ पुर्ण अशक्त भएमा यो सुबिधाको बीमाङ्क बराबर रकम एकमुष्ठ भुक्तानी हुनेछ । दुर्घटना अथवा बिरामी भएको १८३ दिनसम्म प्रतिक्षा अवधि हुनेछ । प्रस्तावक स्थायी रुपमा अशक्त भएमा बीमाशुल्क छूट हुन्छ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ
घातक रोग सुबिधा :
बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकलाई
कम्पनीले तोकेको १५ वटा घातक रोगहरु मध्ये कुनै एउटा घातक रोग लागेमा यो सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ । यसमा प्रतिक्षा अवधि ९० दिन तथा सर्भाइभल पिरियड ३० दिन रहेकोछ । कुनै एक घातक रोग वापत दावी भुक्तानी गरे पश्चात घातक रोग सुबिधा स्वतः खारेज हुनेछ ।
 

यस योजनामा न्यूनतम प्रवेश उमेर ० वर्ष र अधिकतम प्रवेश उमेर १५ वर्ष रहेको छ । साथै न्यूनतम परिपक्वता उृमेर १८ वर्ष, अधिकतम परिपक्वता उमेर ६९ वर्ष, बीमा अवधि ५ देखि ५४ वर्षको रहेको छ ।

त्यस्तै, न्यूनतम बीमांक रकम ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको बीमा गराउन सकिनेछ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा गर्न सकिने कम्पनीले जनाएको छ । तर त्यस्ता बच्चाको बीमा भएको दुई वर्ष अवधि पुरा भएपछि मात्रै बच्चाको जोखिम बहन हुने कम्पनीले बताएको छ ।