काठमाण्डौ । बजाज अटोले १७ वर्ष पुुरानो बाइकलाई अलबिदा गरेको अनुमान गर्न थालिएको छ।

कम्पनीले डिस्कभर बाइक रेन्जलाई आफ्नो  आधिकारिक वेबसाइटबाट हटाइदिएपछि यस्तो अनुमान गरिएको हो। कम्पनीले अधिकतर मोडल बीएस भीआई इन्जिनमा कन्भर्ट गरेको बताइन्छ तर कम्पनी अपग्रेड गर्न चाहँदैन। कम्पनीले बिदाइ नै गर्न लागिरहेको छ।

फिनान्सियल एक्सप्रेसको खबरअनुुसार कम्पनीले बजाज डिस्कभरलाई सन् २००३ मा लन्च गरेको थियो। कम्पनीले डिस्कभर ११० उतारेको थियो त्यसपछि डिस्कभर १२५ का अलावा डिस्कभर १०० सीसी, १३५ सीसी र १५० सीसीका रेन्जमा लिएर आएको थियो।

कम्पनीले सबैभन्दा पहिलो डिस्कभरमा १२५ सीसी इन्जिन जडान गरेको थियो यसपछि ११२ सीसी भेरियन्ट बजारमा आयो जसको माइलेज १०१ किलोमिटर प्रतिलिटर भएको दाबी गरेको थियो। यसका साथै बजार एभेन्जर २२० स्टिट बाइक पनि भारतमा बन्द भइसकेको छ। 

यसैगरी डिस्कभर ११० र डिस्कभर १२५ लाई अहिलेसम्म बीएसभीआई अपडेट दिइएको छैन र यो बजाजकै वेबसाइटबाट गायब पनि छ।

मार्चमा बजाज अटोले डोमिनारको नयाँ भर्जन पेस गरेको थियो। कम्पनीले २५० सीसी इन्जिन क्षमताजडित डोमिनार स्पोर्टस् टयूूरर पेस गरेको थियो जसको मूूल्य करिब १.६ लाख रुपैयाँदेखि सुुरु छ। 

बजार अटोका अनुुसार डोमिनार स्पोर्टस् टयुरर २५० मा २४८.८ सीसी लिक्विड कुल्ड इन्जिन हुुुनेछ।

कम्पनीको अध्यक्ष (मोटरसाइकल) सारंश काँडेले डोमिनार स्पोर्टस् टयूूरर २५० बाइक शौखिनका लागि एक आदर्श मोटरसाइकल हुुनेछ। डोमिनार २५० बीएसभीआई मानकअनुुुरुप छ। यो देशभरिका कम्पनीका डिलरहरुमा चाँडै उपलब्ध हुुनेछ।

बजाज अटो र ब्रिटेनको टियम्फ मोटरसाइकल एकैसाथ बाइक उत्पादन गर्ने तयारीमा रहेको बताइन्छ। दुुवै कम्पनी संयुुक्त रुपमा दुुई लाख रुपैयाँसम्मका मध्यम रेन्जका मोटरसाइकल बनाउनेछन्। 

दुुवै कम्पनीको साझेदारीमा २०० देखि ७५० सीसीका मध्यम क्षमताका नयाँ इन्जिन र वाहन प्लेटफर्म निर्माण गर्नेछन्। – एजेन्सी