काठमाण्डौ । बजारमा नगद परिचालन बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक असोज मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।
असारको तुलनामा असोजमा नगद परिचालन ५.३१ प्रतिशतले बढेको छ।
उता सरकारको खातामा भने नगद मौज्दात बढेको छ।
असोजसम्म सरकारको खातामा १ खर्ब ४८ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा सरकारको खाता ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले सरकारी कोष १ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19