काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८०–८१ को दोस्रो दिन सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। नेप्से इन्डेक्स ९.९१ अंकले बढेर २१५४ को विन्दुमा र सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा बन्द भएको छ। 

मंगलबार नेप्सेमा रहेका १३ उपसूचक समूहमध्ये आज बीमा समूहमा र निर्जीवन बीमा समूह दुवै बढेका छन्। जीवन बीम समूह ०.१५ प्रतिशत र निर्जीवन समूहमा १.५५ प्रतिशतले बढेको छ।

नेप्से सूचक करिब १० अंकले बढ्दा आज ८ निर्जीवन र ३ जीवन बीमा कम्पनी गरी ११ बीमा कम्पनीको सेयरमूल्य बढेको छ। सर्वाधिक कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्सका सेयरधनीहरु रहेका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ।

यसैगरी हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य २.७४ प्रतिशतले ग्रोथ भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरभाउ १.९६ प्रतिशत बढ्दा सूर्यज्योति लाइफको १.४५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१९ प्रतिशत, शिखर इन्स्योरेन्सको १.१६ प्रतिशत, एसियन लाइफको १.०६ प्रतिशत, सानिमा जीआईसीको ०.९० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४० प्रतिशत र आइजीआई प्रुडेन्सियलको ०.३८ प्रतिशतले बढेको छ। 

कुन–कुनको घट्यो ? 

मंगलबार बीमा उपसूचकहरु बढे पनि केही कम्पनीको सेयरमूल्य भने घट्न पुगेको छ। सर्वाधिक गुमाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। राइट सेयर बिक्री खुला गर्ने तयारीमा रहेको एलआईसी नेपालको सेयरमूल्य आज ०.५६ अंकले घटेर १५९० रुपैयाँ कायम भएको छ।

त्यस्तै दोस्रो सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत तथा ४.९० रुपैयाँले घटेर सेयरमूल्य ९०० रुपैयाँमा कायम हुन पुगेको छ। 

यसैगरी हिमालयन लाइफको सेयरभाउ पनि ०.४७ प्रतिशत, नेसनल लाइफको ०.३२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.१३ प्रतिशतले घटेको छ। 

सर्वाधिक कारोबार हुने कम्पनी

मंगलबार बीमा कम्पनीहरुमध्ये सर्वाधिक १० कारोबार हुने कम्पनीमा ५ वटा बीमा कम्पनीहरु परेका छन्। तीमध्ये हिमालयन लाइफ सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ। 

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफको १० करोड २३ लाख रुपैयाँको कारोबार हुँदा सूर्यज्योति लाइफको ६ करोड ९१ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियलको ६ करोड ८२ लाख रुपैयाँबराबरको करोबार भएको छ।

आज नेपाल इन्स्योरेन्सको ६ करोड १७ लाख रुपैयाँ, नेपाल लाइफको ४ करोड १० लाख रुपैयाँ, हिमालयन एभरेस्टको ४ करोड ८ लाख, सानिमा रिलायन्सको ३ करोड ६१ लाख रुपैयाँ, एनएलजीको ३ करोड ३० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३ करोड २५ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३ करोड २२ लाख रुपैयाँ, सानिमा जीआईसीको २ करोड ८९ लाख रुपैयाँ, नेसनल लाइफको २ करोड ८३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १ करोड ८८ लाख रुपैयाँ, शिखरको १ करोड ७९ लाख रुपैयाँ, एलआईसी नेपालको ९० लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ।