काठमाण्डौ । सेयर बजार सम्भावनै सम्भावनाले भरिपूर्ण ठाउँ हो । सेयर बजार लगातार घटिरहँदा धेरैलाई लाग्नसक्छ यो जूवाघर भन्दा कम रहेनछ । तर, बजार तथा कम्पनीको विषयमा पर्याप्त अध्ययनपछि मात्रै लगानी गर्ने हो भने यही बजारले मानिसलाई रातारात करोडपति पनि बनाइदिनसक्छ।
नेपाल होस् या भारत वा अन्य मुलुक नै किन नहोस्, सेयर बजारमा लगानी गर्ने सूत्र उस्तै हो ।
सेयर बजारमा ऋण गरेरभन्दा आफ्नै बचतको केही प्रतिशत लगानी गरेर दीर्घकालीन सोंच बनाउन सके यसबाट मालामाल बन्न सकिन्छ ।
एउटा उदाहरणको रुपमा भारतको एउटा कम्पनीलाई लिन सकिन्छ । जुन कम्पनीले त्यहाँका लगानीकर्तालाई लगानी गरेको ३ वर्षमै १६००० प्रतिशत रिटर्न दिएको छ ।
भारतीय सेयर बजारमा सूचीकृत हजूर मल्टी प्रोजेक्ट्स लिमीटेडको सेयरले लंगटर्म लगानी गर्नेलाई छोटो अवधिमै करोडपति बनाइदियो भने सर्टटर्ममा खेल्नेहरुले पनि मस्त पैसा छापे ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो कम्पनीको सेयरको गत ३ वर्षको प्रदर्शन निकै चमात्कारिक रहयो र सेयरमूल्य रकेटको गतिमा बढ्यो ।
सन् २०२० को मई १५ मा यो कम्पनीको एक यूनिट सेयरको मूल्य ८४ पैसा रहेको थियो । तर, बुधबार कारोबार समयपछि यसको सेयरमूल्य प्रतिकित्ता १३७.६० को स्तरमा बन्द भयो । यसलाई हिसाब गरेर हेर्ने हो भने यो सेयरले आफ्ना लगानीकर्तालाई १६ हजार प्रतिशतको रिटर्न दिएको देखिन्छ।
एकलाख रुपैयाँ बन्यो १.६ करोड
यदि कुनै लगानीकर्ताले यो कम्पनीको सेयरमा सन् २०२० मा ६३ हजार लगानी गरेर अहिलेसम्म पर्खिएर बसेको छ भने उसको सम्पत्ति बढेर १ करोडको उचाईमा पुगेको छ ।
त्यसबेला १ लाख लगानी गर्नेको सम्पत्ति बढेर अहिले १.६ करोड पुगेको छ ।
यो कम्पनीको बजार पूँजीकरण २०८.८७ करोड रहेको छ । यो सेयरको ५२ हप्ताको उच्चमूल्य चाहिँ अझै बढी अर्थात प्रतिकित्ता १६४.४० रुपैयाँ रहेको छ ।
गत एक वर्षको अवधिमा यो कम्पनीको सेयरमूल्य ५७ प्रतिशतले बढेको छ । यस्तै, गत एक महिनामा यो कम्पनीको सेयरमूल्य १६ प्रतिशतले बढिसकेको छ ।
एकलाखलाई मात्र ३ वर्षभित्रमा १.६ करोड बनाइदिने सेयर बजार कमालको ठाउँ होइन त ? तर, यस्तो बजारमा कुनै पनि खालको लगानी गर्नुअघि कि त सर्टिफाइड विज्ञको सल्लाह लिनुपर्छ वा आफैंले अध्ययन गरेपछि मात्र लगानीको निर्णय लिनुपर्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago