काठमाण्डौ । दशैंविदा सकिएलगत्तै बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनादेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । आज केही बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा निक्षेप तान्नका लागि ब्याजदर वृद्धि गर्ने सवालमा यो पटक अघिल्लो महिनाको भन्दा ठीक उल्टो अवस्था देखिएको छ । अर्थात, असोज महिनामा साना बित्तीय संस्थाभन्दा ठूला बैंक ब्याजदर बढाउने कुरामा आक्रामक थिए । एक महिनामै त्यस्ता आक्रामक बैंकले समेत ब्याजदर घटाएका देखिएको छ भने अघिल्लो महिना ब्याजदर वृद्धिमा केही सम्हालिएका बित्त कम्पनी र साना विकास बैंक भने केही आक्रामक देखिएका छन् ।
केही बित्त कम्पनी तथा साना विकास बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका छन् ।
तर, अघिल्लो महिना ब्याजदर वृद्धिमा आक्रामक देखिएको सानिमा बैंकले मुद्दति निक्षेपकै ब्याजदर घटाएर ८ प्रतिशतसम्म झारेको छ । असोज महिनामा यो बैंकको व्यक्तिगत मुद्दतितर्फ करिब १० प्रतिशत ब्याज अफर गरेको थियो ।
आज प्रकाशित भएका केही वाणिज्य बैंक, बित्त कम्पनी र विकास बैंकको नयाँ ब्याजदर हेरौं:
वाणिज्य बैंकहरुतर्फ
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा अधिकतम ५.०५ प्रतिशत, रेमिटान्स बचतमा ६.०५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । पूर्ण सरकारी स्वामित्वको यो बैंकले मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मका लागि ८.५५ प्रतिशत ब्याज दिनेछ । विदेशी मुद्राको मुद्दति निक्षेपको ब्याजदर भने आपसी समझदारीमा तय गरिने सूचनामा उल्लेख छ ।
प्रभू बैंक
प्रभू बैंकले बचतमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिनेछ । यस्तै व्यक्तिगत मुद्दतितर्फ ३ देखि ६ महिनासम्मका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत, १ वर्षदेखि माथिको लागि ८.२५ प्रतिशत ब्याज दिनेछ । संस्थागत मुद्दतितर्फ संस्थागततर्फ ३ देखि ६ महिनाका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत र एक वर्षदेखि माथि अवधिका लागि ८.२५ प्रतिशत ब्याज दिनेछ ।
नेपाल बैंक
सरकारको समेत लगानी रहेको नेपाल बैंक लिमीटेडले बचत खातामा अधिकतम ४.५५ प्रतिशत र मुद्दतिमा ८.०५ प्रतिशत ब्याज दिनेछ ।
कृषि विकास बैंक
सरकारको समेत लगानी रहेको अर्को बैंक कृषि विकास बैंकले बचतमा अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, मुद्दति संस्थागततर्फ ३ महिनेका लागि ७ प्रतिशत, ३ महिने नवीकरणमा ७.१० प्रतिशत, ६ महिनेमा ७.२५ प्रतिशत, नवीकरणमा ७.३५ प्रतिशत, एक वर्षेका लागि ९ प्रतिशत, १ देखि २ वर्षेका लागि ८.५० प्रतिशत, नवीकरणकाव लागि ८.६० प्रतिशत, २ देखि ५ वर्षे ८.५० प्रतिशत, नवीकरणका ८.६० प्रतिशत ब्याज दिनेछ ।
यस्तै, व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ महिने अवधिका लागि ७.५० प्रतिशत, ६ महिने अवधिका लागि ७.७५ प्रतिशत, एक वर्षेका लागि ९ प्रतिशत, १ देखि २ वर्षेका लागि ८.७५ प्रतिशत, २ देखि ५ वर्षेका लागि ८.५० प्रतिशत ब्याज दिनेछ ।
सानिमा बैंक
असोजमा ब्याजदर वृद्धिमा आक्रामक देखिएको सानिमा बैंकले कात्तिकबाट लागू हुने गरी बचतमा अधिकतम ४ प्रतिशत मात्र ब्याज दिने नयाँ दर सार्वजनिक गरेको छ ।
यस्तै, मुद्दतितर्फ व्यक्तिगतमा ३ देखि ६ महिनासम्म ६ प्रतिशत, ६ महिनादेखि माथिकोमा ८.०१ प्रतिशत ब्याजदर दिनेछ । यस्तै, संस्थागत मुद्दतिको ब्याजदर ८.५१ प्रतिशत तोकेको छ ।
बित्त कम्पनी र साना विकास बैंकको नयाँ ब्याजदर
समृद्धि फाइनान्स
सिन्धु विकास बैंक
एक्सेल डेभलपमेन्ट बैंक लिमीटेड
मञ्जु श्री फाइनान्स
पोखरा फाइनान्स
प्रोग्रेसिभ फाइनान्स
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19