काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बेला समेत न्यूनतम बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले बैंकहरुले देशभर आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आवश्यक कर्मचारी मात्र उपस्थित गराई सेवा दिइरहेका छन्।
देशकै सबैभन्दा ठूलो विकास बैंक, मुक्तिनाथ विकास बैंकले समेत यो क्रमलाई निरन्तरता दिइरहेको छ।
यही क्रममा बैंकले सरकारले थपेको लकडाउन अवधिका लागि अर्थात बैशाख २४ गतेसम्मका लागि खुल्ने शाखाहरुसम्बन्धी सूचना प्रकाशित गरेको छ।
मुक्तिनाथ विकास बैंकले विभिन्न प्रदेशमा खुल्ने शाखा र खुल्ने दिन तथा समयको विषयमा तालिका नै प्रकाशन गरेको हो।
तोकिएका शाखा स्थानीय निकाय र प्रशासनको स्वीकृतिमा संचालन हुने र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्ने बैंकले प्रष्ट्याएको छ। जसअनुसार कुन दिन कुन प्रदेशको कुन कुन शाखाबाट न्यूनतम बैंकिङ सेवा पाइन्छ ? हेरौं:
वैशाख १६ गते (मंगलबार)
यो दिन मुक्तिनाथ विकास बैंकले प्रदेश न १ का धरान, इलाम, विराटनगर, दुवही र दमक शाखा खोल्नेछ।
यस्तै प्रदेश २ मा वीरगन्ज, कमलामाई, जनकपुर, बर्दीबास र चन्द्रपुर शाखा तथा प्रदेश ३ मा महाराजगन्ज, कुमारीपाटी, टोखा, गोठाटार, कोटेश्वर, माछापोखरी, कुपण्डोल, बत्तीसपुतली, इमाडोल, ठिमी, ठमेल, बनेपा, धादिङबेसी, सल्यानटार, नारायणगढ, खोलेसिमल र हेटौँडा बाँडेगाउँ शाखाहरु खुल्नेछन्।
प्रदेश ४ मा पृथ्वीचोक, जिरो किमि, हेम्जा, बुढीबजार, मिर्मि, डुम्रे, बेनी, वालिङ, पुतलीबजार, बेसीसहर, गोर्खा र लामाचौर शाखा खुला रहनेछन्।
यसैगरी प्रदेश ५, ६ र ७ मा भने भैरहवा, ड्राइभरटोल, हरैया, भुमही, सराई, गोपीगन्ज, नेपालगन्ज, कोहलपुर, घोराही, श्रीनगर र गुलरिया शाखाहरु खुल्नेछन्।
वैशाख १७ गते (बुधबार)
यस दिन बैंकले प्रदेश १ को इनरुवा, काकडभिट्टा, बिर्तामोड, उर्लाबारी र धनकुटा तथा प्रदेश २ को मिर्चैया, लाहान, जनकपुर र लालबन्दी शाखा खोल्नेछ।
प्रदेश ३ मा भने बैंकका नयाँबानेश्वर, ढुंगाअड्डा, कुलेश्वर, न्युरोड, कमलादी, सूर्यविनायक, कमलविनायक, जोरपाटी, बत्तीसपुतली, माछापोखरी, भैंसेपाटी, आरुघाट, आदमघाट, हाकिमचोक, मनहरी र दखलदले शाखा खुलै रहेछन्।
यो दिन प्रदेश ४ मा बैंकले अमरसिंह, बैदाम, छोरेपाटन, चिप्लेढुंगा, दमौली, बागलुङ, पुतलीबजार, वालिङ, फेदीखोला र दुलेगौंडा शाखा खुला राख्नेछ।
उता प्रदेश ५, ६ र ७ मा भने बैंकका बुटवल, रामापुर, कलौनी, कोटीहवा, तानसेन, तम्घास, रिडी, महेन्द्रनगर, धनगढी, थारमारे, तुलसीपुर र लम्की शाखाहरु खुलै रहेछन्।
वैशाख १८ गते (बिहीबार)
यो दिन प्रदेश नं. मा रहेका बैंकका मानेभञ्ज्याङ, कटारी, दमक, इटहरी, विराटनगर र इलाम शाखा तथा प्रदेश नं. २ का चन्द्रपुर, कमलामाई, बर्दीबास र जनकपुर शाखाहरु खुलै रहेछन्।
प्रदेश ३ मा भने बत्तीसपुतली, कुपण्डोल, ठिमी, चावहिल, कीर्तिपुर, इमाडोल, सीतापाइला, टोखा, महाराजगन्ज, कोटेश्वर, कुमारीपाटी, ठमेल, बेनीघाट, धादिङबेसी, पर्सा, टाँडी र गिरुवारी शाखाहरु खुल्नेछन्।
प्रदेश ४ मा बैंकका पृथ्वीचोक, काहुँखोला, हरिचोक, बयरघारी, कार्कीनेटा, अर्जुनचौपारी, भिमाद, कुस्मा, दुलेगौँडा, नयाँपुल र वालिङ शाखाहरु खुला हुनेछन्।
प्रदेश ५, ६ र ७ मा भने बैंकले हरैया, ड्राइभरटोल, भैरहवा, भुमही, बुटवल, गोपीगन्ज, नेपालगन्ज, गुलरिया, श्रीनगर, घोराही र वीरेन्द्रनगर शाखाहरु खुलै राख्नेछ।
वैशाख २१ गते (आइतबार)
यो दिन प्रदेश १ मा बैंकका धनकुटा, सिद्धिचरण, विराटनगर, बिर्तामोड र काँकडभिट्टा तथा प्रदेश २ मा गोलबजार, कमलामाई, लाहान र चन्द्रपुर शाखा खुला रहनेछन्।
प्रदेश ३ मा भने बैंकले जोरपाटी, बाँडेगाउँ, कमलविनायक, माछापोखरी, भैंसेपाटी, नयाँबानेश्वर, न्युरोड, कमलादी, कुलेश्वर, टोखा, ठिमी, सल्यानटार, गल्छी, गैंडाकोट, पार्वतीपुर र हेटौँडा शाखा खुलै राख्नेछ।
उता प्रदेश ४ मा बैंकका छोरेपाटन, चिप्लेढुंगा, गगनगौँडा, बेसीसहर, आँबुखैरेनी, जग्ले, चापाकोट, गल्याङ, अमरसिंह र पुतलीबजार शाखाहरु खुला हुनेछन्।
प्रदेश ५, ६ र ७ मा बैंकका रामापुर कोलानी, रामपुर पाल्पा, तम्घास, तानसेन, बुटवल, कोटीहवा, तुलसीपुर, लम्की, धनगढी, वीरेन्द्रनगर र लुहाम शाखाहरु खुला रहनेछन्।
वैशाख २२ गते (सोमबार)
यो दिन प्रदेश १ मा रामपुर (ओखलढुंगा), धरान, इटहरी, दमक, इलाम र दुहवी तथा प्रदेश २ मा जनकपुर, मिर्चैया, लालबन्दी र वीरगन्ज शाखाहरु खुलै रहेछन्।
प्रदेश ३ मा बैंकका महाराजगन्ज, कमलादी, न्युरोड, सीतापाइला, कोटेश्वर, चावहिल, सूर्यविनायक, ठमेल, कुपण्डोल, कुमारीपाटी, बनेपा, बट्टार, धादिङबेसी, नारायणगढ, मनहरी र पर्सा शाखा खुला हुनेछन्।
प्रदेश ४ मा पृथ्वीचोक, नदीपुर, बैदाम, बुढीबजार, गोरखा, मिर्मि, वालिङ, दमौली, डेडगाउँ, जिरो किमि र दुलेगौँडास्थित बैंकका शाखाहरु खुला रहनेछन्।
प्रदेश ५, ६ र ७ मा बैंकले गोपीगन्ज, भूमही, भैरहवा, ड्राइभरटोल, हरैया, ताँहु, नेपालगन्ज, कोहलपुर, लमही महेन्द्रनगर र गुलरिया शाखाहरु खुला राख्नेछ।
वैशाख २३ गते (मंगलबार)
यस दिन प्रदेश १ मा उर्लाबारी, इनरुवा, विराटनगर, बिर्तामोड र धनकुटा तथा प्रदेश २ मा बर्दीबास, मिर्चैया, चन्द्रपुर र लहान शाखाहरु खुला हुनेछन्।
प्रदेश ३ मा बैंकका नयाँबानेश्वर, माछापोखरी, बाँडेगाउँ, बत्तीसपुतली, ठिमी, कमलविनायक, कुलेश्वर, इमाडोल, ढुंगाअड्डा, कीर्तिपुर, चावहिल, धार्के, आरुघाट, खोलेसिमल, गिरुवारी र दलदले शाखाहरु खुला रहनेछन्।
प्रदेश ४ मा चिप्लेढुंगा अमरसिंह, लामाचौर, पुतलीबजार, भिमाद, बेगनाशताल, बागलुङ, बेनी र बिरुवास्थित बैंकका शाखाहरु खुला हुनेछन्।
प्रदेश ५, ६ र ७ मा बुटवल, रामापुर कलोनी, भूमही, सराई, कोटीहवा, तानसेन, घोराही, थारमारे, धनगढी, श्रीनगर र वीरेन्द्रनगर शाखाहरु खुलै रहनेछन्।
वैशाख २४ गते (बुधबार)
यो दिन प्रदेश १ मा बैंकका दमक, इटहरी, धरान, दुवही, काँकडभिट्टा र इलाम तथा प्रदेश २ मा लालबन्दी, वीरगन्ज, गोलबजार र जनकपुर शाखाहरुमा सेवा लिन सकिनेछ।
प्रदेश ३ मा बैंकले कमलादी, माछापोखरी, टोखा, जोरपाटी, न्युरोड, कुमारीपाटी, ठमेल, कुपण्डोल, कोटेश्वर, सीतापाइला, आदमघाट, बेनीघाट, हाकिमचोक, नारायणगढ, पार्वतीपुर र टाँडी शाखाहरु खुला राख्नेछ।
प्रदेश ४ मा भने जिरो किमि, छोरेपाटन, हेम्जा, गगनगौँडा, डुम्रे, बयरघारी, गल्याङ, दुलेगौँडा, नयाँपुल, कार्कीनेटा र पृथ्वीचोकमा बैंकका शाखाहरु खुला हुनेछन्।
प्रदेश ५, ६ र ७ स्थित बैंकका भैरहवा, गोपीगन्ज, रिडी, तम्घास, हरैया, ड्राइभरटोल, महेन्द्रनगर, गुलरिया, लमही, नेपालगन्ज र तुलसीपुर शाखाहरुमा सेवा लिन सकिनेछ।
र, बैंकको यस्तो पनि आग्रह
बैंकले कोरोना भाइरसको महामारीका कारण भौतिक भन्दा पनि डिजिटल कारोबारमा जोड दिन आफ्ना ग्राहकहरुमा आह्वान गरेको छ। इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एटीएम, क्यूआर पेमेन्ट जस्ता विकल्पहरुलाई प्राथमिकता दिन बैंकले आह्वान गरेको हो।
यो बैंकको एटीएम कार्ड कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा पैसा नलाग्ने समेत प्रष्ट पारिएको छ।
बैंकले शाखामा जाँदा एकपटकमा ५ जना भन्दा बढी नगइदिन, शाखाभित्रै पनि एक अर्काबीच १ मिटरको दूरी कायम गरिदिन, स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गरिदिन आग्रह समेत गरेको छ।
बैंकको पूरा सूचना यस्तो छ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago