काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ६.५५ अंकले बढेर १ हजार ९९४.६० विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आठ ओटा समूहमा हरियाली छाएको छ, भने पाँच उपसमूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसमूहमध्ये लाइफ इन्स्योरेन्स इन्डेक्स ०.१३ प्रतिशतले घटेको छ भने नन लाइफ इन्स्योरेन्स इन्डेक्स ०.५१ प्रतिशतले घटेको छ । 

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ८७४ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ४.३३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.५७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ३.२५ प्रतिशत, आइएमई लाइफको २.९४ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.८३ प्रतशित, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०७ प्रतिशत, नेपाल लाइफको ०.५९ प्रतिशत र सानिमा जीआईसीको ०.१९ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५१ प्रतिशतले घटेर ७४४ रुपैयाँ ८० पैसा कायम भएको छ । 
त्यस्तै, शिखर इन्स्योरेन्सको १.६७ प्रतिशत, सिटिजन लाइफको १.५३ प्रतिशत, सूर्यज्योति लाइफको १.१२ प्रतिशत, सलिकोको १.१० प्रतिशत, सन नेपाल लाइफको १.१० प्रतिशतले सेयरभाउ घटेको छ । 

यसैगरी, युनाइटेड अजोडको ०.९७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८० प्रतिशत, एसियन लाइफको ०.५९ प्रतिशत, हिमालयन लाइफको ०.४५ प्रतिशत, एलआइसी नेपालको ०.३८ प्रतिशत र नेको इन्स्योरेन्सको ०.३६ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा पाँचवटा बीमा कम्पनी छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, आइएमई लाइफको ७ करोड ७५ लाख, सिटिजन लाइफको ७ करोड ५८ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ७९ लाख र नेपाल इन्स्योरेन्सको ५ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।