काठमाण्डौ।चालू आर्थिक वर्ष २०८०/०८१ मा विद्युतीय प्रणालीमार्फत हुने कारोबार रकम बढेको छ ।

चालू आवको तेस्रो महिना असोजमा मात्रै १० करोड २२ लाख ७९ हजार ८१६ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ५१ अर्ब १४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।असोज महिनामा विद्युतीय प्रणालीबाट हुने कारोबार बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिना साउनमा ४३ खर्ब ६२ अर्ब ४६ करोड रुपैयाँ विद्युतीय माध्यमबाट कारोबार भएको थियो भने भदौमा उक्त कारोबार ३६ खर्ब ८९ करोड रुपैयाँको थियो ।

गत वर्षको असोज महिनामा चाहिं ७ करोड ३ लाख ७४ हजार १४८ पटकको लेनदेन गर्दा ४६ खर्ब ५ अर्ब ३१ करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो ।

चालू आवको असोज महिनामा सबैभन्दा बढी आरटीजीएस प्रणालीबाट ३ करोड २७ लाख ७२ हजार ८३९ पटक लेनदेन हुँदा २७ खर्ब ५९ अर्ब ७९ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै एटीएमबाट २ करोड २६ लाख २२ हजार १७० पटकको लेनदेन हुँदा ५ खर्ब ३० अर्ब ४० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । ईसीसी माध्यमबाट ४ खर्ब ७७ अर्ब ९१ करोड १ लाख, आईपीएस प्रणालीबाट २ खर्ब ७७ अर्ब ८२ करोड, कनेक्ट आईपीएसबाट २ खर्ब २७ अर्ब ७५ करोड कारोबार भएको छ ।

डेबिट कार्डबाट १ खर्ब ११ करोड, क्रेडिट कार्डमार्फत ९६ अर्ब ५ करोड, प्रिपेड कार्डबाट ३६ अर्ब २१ करोड, इन्टरनेट बैंकिङमार्फत २२ अर्ब ७९ करोड, मोबाइल बैकिङमार्फत ११ अर्ब ८० करोड, ब्रान्चलेस बैकिङबाट ५ अर्ब ७६ करोड, वालेटमार्फत १ अर्ब ८२ करोड, क्यूआर पेमेन्टमार्फत १ अर्ब ५७ करोड, पीओएसबाट ७१ करोड ३ लाख र ई-कमर्श प्रणालीमार्फत ६० करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।