काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडले संचालन गरेको म्युुचुुअल फण्ड ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को प्रति इकाई खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू–एनएभी) बढेको छ । 

जेठ मसान्तसम्मको खूद सम्पत्ति मूल्य १० रुपैयाँ ५ पैसा रहेकोमा असार मसान्तसम्म बढेर १० रुपैयाँ ११ पैसा कायम भएको हो । 

यो स्किमले असार मसान्तसम्म सूचिकृत धितोपत्रमा ७० करोड ३८ लाख बढी लगानी गरेको छ । सूचिकृत नभएका धितोपत्रमा ५ करोड ४० लाख, मुद्धती निक्षेपमा १० करोड लगानी गरेको छ । स्किमको यो अवधिमा बैंकमा १४ करोड ७२ लाख बढी मौज्दात रहेको छ। 

स्किमले असार मसान्तसम्म २ करोड ९८ लाख ब्याज आम्दान गरेको छ भने धितोपत्र बिक्रीबाट ११ करोड ३६ लाख लाभ प्राप्त गरेको छ। 

असार मसान्तसम्म यो स्किमको नाफा ३ करोड ५७ लाख कायम भएको छ । 

यो अवधिसम्म स्किमले सबैभन्दा धेरै ‘नबील ब्यालेन्स फण्ड १’ को कुल १२ लाख ४८ हजार इकाई खरीद गरेको छ । सबैभन्दा धेरै लगानी नबील बैंकमा ४ करोड ७ लाख रहेको छ ।