काठमाण्डौ । गत साता वर्कशायर हाथवेका मालिक वारेन बफेटले आफ्नो स्वामित्वमा रहेको चिप्स बनाउने ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसमसी)को ८६ प्रतिशत सेयर बेचेका छन्। योसँगै विश्व बजारमा यो कम्पनीको सेयरभाउमा ४ प्रतिशतले गिरावट आएको छ।
बफेटले टीएसमसीको ८.३ मिलियन कित्ता सेयर ६१८ मिलियन अमेरिकी डलरमा बेचेका हुन्। सेमिकन्डक्टर (चिप्स) उत्पादन र बिक्रीवितरण गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनीका रुपमा रहेको छ। हाल कम्पनीको पुँजी ४.१ बिलियन डलर रहेको छ।
टीएसमसीको सेयर बेच्नुको कारणबारे भने वर्कशायर हाथवेले कुनै खुलासा गरेको छैन। गत वर्ष विश्वमा आर्थिक मन्दीका कारण टीएसमसीको चिप्सको मागमा भने भारी मात्रामा गिरावट आएको थियो।
टीएसमसीमा हाल ६५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। बफेटले भारी मात्रामा सेयर बेचे पनि यो कम्पनीले जापानलगायत एसियाका अन्य र युरोपमा आफ्ना उत्पादन विस्तार गर्ने जनाएको छ। –एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago