बर्थ डे पार्टीमा सामेल भएपछि मारिया(बायातर्फ पहिलो)को मृत्यु भएको थियो ।
काठमाण्डौ । ब्राजिलमा एउटा परिवारको उत्सव त्यस समय शोकमा बदिलियो, जब पार्टीमा सहभागी तीन जनाको मृत्युु भयो र १० जनालाई कोरोना संक्रमण भएको पाइयो ।
वास्तवमै कसैले पनि यसको अपेक्षा गरेका थिएनन् । तर बर्थडे पार्टी भएको दुुई साताभित्र अधिकांश बिरामी परेका थिए ।
पार्टीमा सहभागी भएका अधिकांश सदस्यहरुलाई अहिले कोरोना संक्रमणको संदिग्धको रुपमा हेरिएको छ ।
ब्राजिलको साओ पाउलोमा भएको एउटा बर्थ डे पाटीमा सहभागी भएका २८ जनामध्ये ३ जनाको मृत्युु भएको छ भने बाँकी रहेका सदस्यहरुको जीवन पनि खतरामा परेको छ । मृत्युु हुुने तीनजना एउटै परिवारका सदस्यहरु हुुन ्।
तीन सातामा आयो आँकडामा उछाल
१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा क्षेत्रमा यो पार्टी भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुुसार त्यस दिनसम्म ब्राजिलमा कोरोनाको ९८ मामिला मात्र पुष्टि भएको थियो । त्यतिबेलासम्म कोरोनाबाट कसैको पनि मृत्युु भएको पुुष्टि भइसकेको थिएन ।
ब्राजिलमा कोरोना संक्रमणको करीब ६० प्रतिशत घटना साओ पाउलोमा भएको पाइएको छ । दुुई करोड भन्दा धेरै जनसंख्या भएको यो सहर विश्वको सबैभन्दा धेरै जनघनत्व भएको सहरमध्येको एक हो ।
यो घटनाको लगभग तीन साता पछि ८ अप्रिल सम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजारको आँकडा पार गरिसकेको थियो र ८०० जनाले यसको कारण आफ्नो ज्यान गुुमाइसेका थिए ।
भेरा लुुसिया परेरालाई कोरोनाभाइरसको महामारी ब्राजिल सम्म पुुगिसकेको र यसको संक्रमण फैलिरहेको भन्ने थाहा थियो । यहाँसम्म कि उनलाई आफ्नो बर्थडे पार्टी स्थगन गर्नेसम्मको विचार आएको थियो । भेरा लुुसियाले बिबिसीलाई भनिन्, “हाम्रो मनमा आशंका थियो, तर हामीले पार्टी गर्ने तय गरेका थियौ । त्यतिबेला देशमा कोरोनाको संक्रमण धरै थिएन ।”
त्यतिबेला ब्राजिलमा कुुनै पनि प्रकारको लकडाउन लागू गरिएको थिएन ।
पार्टीमा सहभागि थिए कुुल २८ जना
भेरा लुुसियाको बर्थडे पार्टी उनको घरमै आयोजना भएको थियो, जहाँ उनका परिवारका २८ जना सदस्यहरु सहभागी भएका थिए ।
यो पार्टीमा भेरा लुुसियाका पति पाउलो भियराका भाई बहिनी पनि सहभागी भएका थिए । पाउलो उनका भाई क्लोविस र बहिनी मारियाले जमेर पार्टी गरेका थिए । तर उनीहरुलाई कोरोनाले गर्दा आफ्नो मृत्युु हुँुदैछ भनेर थाहा थिएन ।
पाटीमा भेरा लुुसियाकी बहिनी पनि सहभागी थिइन् । लुुसिया र पाउलोका भतिजा भतिजी पनि यसमा सहभागी भएका थिए । पार्टी भएको केही समयपछि नै आधाभन्दा धेरै सदस्यहरुलाई रुघाखोकी, ज्वरो र श्वास लिन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सुरु भएको थियो । यी सबै लक्षण शरीरमा कोरोनाभाइरस प्रवेश गरेपछि देखा पर्ने गर्दछन् ।
यिनीहरुमध्ये धेरैजसोमा सामान्य लक्षण देखिएको थियो जसलाई धेरै मेडिकल केयरको आवश्यकता गर्दैन ।
आक्रामक भाइरस
भेरा लुुसियाका पति पाउलो र उनका भाई र बहिनीको मृत्युु संक्रमणको लक्षण देखिएको एक साताभित्रै भएको थियो । मारियाको मृत्युुको आधिकारिक कारण कोरोना संक्रमण भएको स्थानिय प्रशासनले जनाएको छ ।
मारियाकी छोरीले बीबीसीलाई भनिन्, “अब मलाई पूर्ण विश्वास लागेको छ कि मेरी आमाको मृत्युु कोरोनाभाइरसका कारण भएको हो । यसबाट थाहा पाउन सकिन्छ कि यो भाइरस कति आक्रामक छ भनेर । मेरी आमाको उपचार अस्पतालमा भएको थियो । उहाँलाई भेन्टीलेटरमा राखिएको थियो । यसका बाबजुुद पनि डाक्टरहरुले उहाँलाई बचाउन सकेनन् ।”
मारिया मधुुमेहको रोगी थिइन् र संक्रमणपछि उनको अवस्था तीव्र गतिमा बिग्रन थाल्यो । भेरा लुुसियाको परिवारलाई पाउलो र क्लोविसको पोस्टमार्टम रिपोटको प्रतिक्षा रहेको छ । भेरा लुुसिया भन्छिन्,“उनको उपचार गर्ने डाक्टर ९९ प्रतिशत सुुनिश्चित छन् कि उनको मृत्युु कोरोनाभाइरसका कारण भएको हो भनेर ।
छोरा बचे
भेरा लुुसिया उनको छोरा दुुवैलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । तर, अहिले उनीहरु ठिक भइसकेका छन् । “शारीरिक हिसाबले म ठीकक छुु । केही खोकी मात्रै लागिरहेको छ । तर यो धेरै नै कठिन समय हो । हामीहरु त्रासको छायाँमा बाँचिरहेका छौ ।” भेराले भनिन् ।
सुुरुमा त परिवारका सदस्यलाई कोरोनालाई आफूहरुलाई कोरोना संक्रमण भएको छ भनेर विश्वास नै लागेको थिएन । संक्रमणपछि ठीक भएका परिवारका एक सदस्यले भने, “त्यतिबेला ब्राजिलमा कोरोना संक्रमणका एकदमै कम घटना सार्वजनिक भएका थिए । त्यसैले कोरोनाभाइरस हाम्रोसम्म पुुग्न धेरै लामो यात्रा तय गर्नुुपर्छ भनेर हामीलाई लागेको थियो । पार्टीमा सहभागी हुुनुुपूर्व सबैको स्वास्थ्य अवस्था ठीक थियो । त्यसैले सबैभन्दा पहिले कसलाई संक्रमण भयो भनेर कसैलाई थाहा छैन । यदि यो पत्ता लागे पनि यसले हाम्रा लागि के नै परिवर्तन गर्छ र ?”
मारियाको मृत्युुपछि अर्का ६२ वर्षीय भाई क्लोविसको स्वास्थ्य अवस्था पनि बिग्रन थाल्यो । क्लोवसका छोरो आर्थरले बीबीसीलाई भने, “उहाँको टाउको दुुखिरहेको थियो र ज्वरो पनि आइरहेको थियो । उहाँको सुुघ्ने र स्वाद लिने क्षमता पनि हराएको थियो ।”
इन्टेन्सिभ केयर युुनिट
मारियाको विपरीत क्लोविसलाई पहिलेदेखि कुुनै पनि रोग थिएन । तर, यसका बाबजुुद पनि उनी असहज महशुुस गरिरहेका थिए । आर्थर २३ मार्चमा आफ्नो बुुवालाई लिएर अस्पताल गएका थिए र अस्पतालबाट उनलाई फर्काइएको थियो । आर्थर भन्छन्, “डाक्टरहरुले यो कोरोना संक्रमण हुुन पनि सक्छ भनेर सोच्न सकेनन् ।”
क्लोविस बिरामी भएपछि भेरा लुुसियाका पति पाउलोको स्वास्थ्य अवस्था पनि बिग्रन थाल्यो । उनलाई अस्पताल लगेर गइयो । पाउलोलाई परिवारमा भाईबहिनीको तुुलनामा सबभन्दा धेरै स्वस्थ मानिन्थ्यो । उनी अत्यधिक शारिरीक श्रम गर्ने गर्दथे । पाउलो अस्पताल पुुग्दा तुुलनात्मक रुपमा उनको स्वास्थ्य अवस्था ठीक थियो । तर उनलाई श्वास लिन कठिनाई भइरहेको थियो । भेरा लुुसिया सम्झन्छिन्, “तर दुुईदिनपछि पाउलोलाई इन्टेन्सिभ केयर युुनिटमा लगियो ।”
क्लोविस र पाउलो निजी जिन्दगीमा एक अर्काका नजिक त थिए, नै तर मृत्युुको समयमा पनि उनीहरुले एक अर्काको साथ छोडेनन् । आइसियुुमा पनि उनीहरुको बेड एक अर्काको नजिकै थियो । डाक्टरहरुले दुुवै जनाको मृत्युुको कारण कोरोनाभाइरस नै भएको भनेका छन् ।
अन्तिम संस्कारमा प्रतिबन्ध
पहिलो अप्रीलमा मारियालाई हर्ट अट्याक आयो र उनी यसबाट उठ्न सकिनन् । क्लोविसको मृत्युु अघिल्लो दिन भएको थियो र पाउलोले तीन अप्रिलमा संसारलाई बिदाई गरेका थिए ।
ब्राजिलमा कोभिड १९ को घटनामाथि निगरानी राख्नका लागि बनाइएको सरकारी एजेन्सीको सल्लाहमा मारिया र पाउलोलाई सीलबन्द गरिएको बाकससहित गाडिएको थियो । क्लोविसको अन्तिम संस्कार उनको इच्छाअनुुसार गरिएको थियो ।
तीन जनाको अन्तिम संस्कार अलग अलग दिनमा गरिएको थियो । अन्तिम संस्कार केही मिनेटमै गरिएको थियो । सरकारी निर्देशन बमोजिम अन्तिम संस्कारको बेला १० जना मात्रै सहभागी भएका थिए ।
क्वारेन्टाइनमा जिन्दगी
१३ मार्चमा पाटीमा सहभागी भएर बाँचेकाहरु अहिले पनि आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अवस्था कमजोर र बिग्रिएकाहरु पनि अहिले ठीक भएका छन् । तर सबैजनाले पूर्ण रुपमा निको नभएसम्म क्वारेनटाइनमै रहने निश्चय गरेका छन् ।
(बीबीसीबाट भावानुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago