काठमाण्डौ । ज्योति विकास बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा स्थापित सो शाखाको बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक समारोहका बीच असार १२ गते विधिवत उद्घाटन गरे । 

सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिकामा स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए ।

साथै बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयमै चुक्तापुँजी पुर्याएको र हाल आफ्नो सेवा तथा शाखा सञ्जाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको बताए । 

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने योजना रहेको छ।