काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले साउन १८ गते शुक्रबारका दिन नवलपरासी जिल्लाको बर्दघाटमा आफ्नो ६० औं शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ ।
शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गरेका थिए । सो समारोहमा बैंक संचालक चिन्तामणि पाण्डेको समेत सहभागिता थियो ।
कैलाश विकास बैंकको यसशाखाबाटरेमिटान्स, कर्जा निक्षेप कारोवार सहितसम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध बैंकले प्रष्ट्याएको छ ।
नयाँ शाखासहित बैंकको शाखा संख्या ६० पुगेका छन् भने एटीएम संख्या २५पुगेको छ । बैंकले निकट भविष्यमा तनहूं जिल्लाको डुम्रे तथा दुलेगौंडा, बाँके जिल्लाको नेपालगञ्ज, सुर्खेतको छिञ्चुबजार तथा बिरेन्द्र नगर लगायत अन्य विभिन्न ठाउँहरुमा शाखा संचालनको तयारी गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago