Machhapuchhre Bank Limited
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. वीरेन्द्रप्रसाद महतोले गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । सो एटीएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गरे ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखाहरु र ६३ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर ११६ वटा एटीएमहरु संचालनमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19